शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना

कञ्चनपुर । कञ्चनपुरका निजी तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुले असार महिनासम्मको तलब पाउनु पर्ने लगायतका विभिन्न माग राख्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना दिएका छन् । संस्थागत विद्यालय शिक्षक युनियनको अगुवाईमा शिक्षकहरुले धर्ना दिएका हुन् ।
धर्नामा बसेका शिक्षक कर्मचारीले असार महिनासम्मको तलब दिनुपर्ने, शिक्षक कर्मचारीको निष्कासन बन्द गरिनु पर्ने र सेवा सुविधा कटौती हुन नहुने माग अघि सारेका छन् । धेरै विद्यालयहरुले लकडाउनको कारण देखाएर शिक्षक कर्मचारीलाई तलब नदिने, जागिरबाट निकाल्ने लगायतका कार्य गरिरहेकाले त्यस विरुद्ध धर्ना दिइएको युनियनका अध्यक्ष धनञ्जय जोशीले बताउनु भयो ।
युनियनले माग पूरा गराउन निजी विद्यालयका संगठन प्याब्सन र एनप्याब्सनमा समेत मागपत्र बुझाएको सचिव चन्द्र सिंह धामीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्