तपाईँ सुन्दै हुनुहुन्छः

७ लाख मुल्य बराबरको सामान चोरी

लहान । सिरहा जिल्लाको लहान नगरपालिकाको एक घरमा गएराती चोरी भएको छ । लहान–३ का रासलाल सिंहको घरबाट लाखौं मुल्य बराबरको सर–सामान चोरी भएको हो ।

सुतिरहेको बेला करिब १ बजे रातीको समयमा चोरले सिंहको घरबाट सात तोला सुनको गरगहना, सात थान साडी, नगद रु.८२ हजार रुपैयाँ, मोटरसाईकलको हेल्मेट साँचो लगायत करिब ७ लाख मुल्य बराबरको सर–सामान चोरी भएको घरमुलीका छोरा राज कुमार सिंहले बताए ।

यता घटनाको बिषयमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button