अवैध तरिकाले भारततर्फ लैजाँदै गरेको मदिरा नियन्त्रणमा

जनकपुरधाम । नेपालबाट अवैध तरिकाले भारततर्फ लैजाँदै गरेको चार ट्रयाक्टर मदिरा धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गरेको मदिरामा गौरव सोफी नामक मदिरा रहेको र यसको परिमाण १ कार्टुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मङ्गलवार दिउँसो धनुषा जिल्लाको कमला नगरपालिका वडा नं ४ सघाराचौकबाट चार वटा ट्र्याकटरमा लोड गरी सीमावर्ती भारतीय बजारतर्फ लगिरहेको अवस्थामा ती मदिरा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले मदिरासँगै ज १ त ७८६९, ज १ त ९१०३, ज २ त ९३२ र ज १ त ४१६१ नं. को ट्र्याकटरलाई इलाका प्रहरी कार्यालय खजुरीबाट खटेका प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीद्वारा नियन्त्रणमा लिएको मदिरा बजार मूल्य अनुसार २० लाख ८७ हजार पाँच सय मूल्य बराबरको रहेको छ ।
प्रहरीले ट्र्याकटरसहित मदिरा जनकपुरस्थित भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्