तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिरो : १८ घर पुरिए

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ खुदीमा पहिरो जाँदा १८ घर पूर्णरुपमा क्षती भएका छन् भने ८० घरपरिवार विस्तापित भएका छन् । पहिरोमा परी हालसम्म ४ जना घाइते भएको विवरण प्राप्त भएपनि पुरा विवरण आइसकेको छैन ।

गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माले दिनुभएको जानकारी अनुसार आज विहान ९ः ३० बजे पहिरो गएको हो । हालसम्म पहिरोबाट भएको क्षतिको विवरण प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button