सर्पको डसाइबाट एक महिलाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १ पशुपती टोल बस्ने ४० वर्षीया निर्मला पन्तको सर्पको डसाइबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार, गाईभैँसीका लागि गोठबाट भुसा निकाल्ने क्रममा पन्तलाई सर्पले डसेको थियो ।
पन्तलाई उपचारका लागि दोधाराचाँदनी स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्