तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित निको हुने दर ह्वात्तै बढ्यो

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित निको हुने दर ह्वात्तै बढेको छ । विभिन्न जिल्लामा गरी पछिल्लो एकै दिनमा ४ सय ५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंगै कोरोना निको भएर घर जाने कोरोना संक्रिमतको संख्या २ हजार १ सय २९ पुगेको प्रदेश सरकारको सामाजिक विकास मंत्रालयले जनाएको छ ।

मंत्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले पछिल्लो समय यस प्रदेशमा कोरोना संक्रमण पुष्टी भएका मध्ये आधा भन्दा बढी संक्रमितले कोरोना जितेर घर फर्किएको बताउनुभयो । उहाले रिपोेर्ट नेगेटिभ आएका, दुई हप्ता आइसोलेशनमा बस्दा कुनै पनि संक्रमण नदेखिएका, स्वास्थ्य अवस्था सामान्य रहेकाहरुलाई डिस्चार्ज गरिएको बताउनुभयो ।

यसैबिच सुदूरपश्चिम प्रदेशमा हालसम्म ३ हजार ९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको मंत्रालयले जनाएको छ । संक्रमित मध्ये ५५ जनाको सरकारी अस्पताल र अन्यको स्थानीय तहको आईसोलेशनका उपचार भईरहेको छ । यसैगरी प्रदेशभर आरडिटी बिधीबाट १ लाख २१ हजार ८ सय ९ र आरटी पिसिआर बिधीबाट २९ हजार २ सय ७१ जनाको नमुना परिक्षण गरिएको छ ।

थ्रोट स्बाव लिईएका १ हजार ६ सय २७ नमुनाको नतिजा आउन बाकी रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । यस प्रदेशमा धनगढी र डडेल्धुरामा गरी दुई ठाउमा आरटी पिसिआर परिक्षण हुदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button