तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटका विभिन्न स्थानीय तहमा सलहकोे क्षति

जाजरकोटका विभिन्न स्थानीय तहमा सलह किराको झुण्डले ठुलो क्षती पु¥र्याएको छ ।

शिवालय गाउँपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा प्रवेश गरेको सलह किराको झुण्डले किसानले लगाएको धान, मकै, कोदो, भटमास लगायत तरकारी खेतीमा व्यापक क्षति पुर्याएको कृषकहरुले बताएका छन् ।

सुर्खेत जिल्लाको चिङगाड गाउँपालिका हुदैं प्रवेश गरेको सलहले शिवालय गाउँपालिका भित्रका ९ वटै वडामा खेती नष्ट गरेपछि भोकमरी हुनसक्ने चिन्ता बढेको शिवालय गाउँपालिका ५ थालारैकरका कृषक पारस विक्रम केसीले बताउनुभयो ।

एक पछि अर्को सलहको झुण्ड गाउँमा प्रवेश गरेपछी धपाउन मुश्किल भएको र अहिले पनि सलह शिवालय गाउँपालिका भित्रै रहेको उहाँले बताउनुभयो ।

यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, लेकबेसी नगरपालिका र चिङगाड गाउँपालिकामा सलहले नोक्सानी पुर्याएको चिङगाड गाउँपालिका ३ का कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button