तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा ९० प्रतिशत धान रोपाँइ सम्पन्न

जनकपुरधाम । यस पटक समयमै मनसुन शुरु भएका कारणले प्रदेश नंं २ को ८ जिल्लामा सरदर रुपमा आजको मितिसम्ममा ९० प्रतिशतले रोपाँइ सम्पन्न भएको छ ।

प्रदेशको धान रोपाँइ हुने ४ लाख ३ हजार ३ सय ३६ हेक्टर क्षेत्रफल मध्ये ३ लाख ३९ हजार ५ सय २७ हेक्टर क्षेत्रफलमा असार ३१ सम्ममा धानको रोपाँइ सम्पन्न भएको प्रदेश नंं २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विमल कुमार निर्मलले जानकारी दिनु भयो ।

जिल्लागत रुपमा सवै भन्दा बढी बारा जिल्लामा ९५ प्रतिशतले रोपाँइ सकिसकेको पनि मन्त्रालयलले जनाएको छ । सो जिल्लामा धान रोपाँइ हुने ५६ हजार हेक्टर क्षेत्रफल मध्ये ५३ हजार २ सय हेक्टरमा धानको रोपाँइ सकिसकेको मन्त्रालयका सूचना अधिकारी रजनिश कुमार मिश्रले जानकारी दिनु भयो ।

यसैगरी सप्तरी जिल्लामा धान रोपाँइ हुने ६० हजार हेक्टर जग्गा मध्ये ५४ हजार हेक्टरमा रोपाँइ सकिसकेको छ । जून कूल क्षेत्रको ९० प्रतिशत रहेको छ । सिरहा जिल्लामा ६२ हजार ५ सय हेक्टर मध्ये ५३ हजार १ सय २५ हेक्टर अर्थात ८५ प्रतिशतले धानको रोपाँइ सकिसकेको छ ।

धनुषा जिल्लामा धान खेती हुने ५४ हजार हेक्टर क्षेत्रफल मध्ये ३७ हजार ८ सय अर्थात ७० प्रतिशत रोपाँइ भएको छ । महोत्तरी जिल्लामा धान खेती हुने ४० हजार १ सय २६ हेक्टर क्षेत्रफल मध्ये ३६ हजार १ सय १३ हेक्टर अर्थात ९० प्रतिशत रोपाँइ सकिसकेको छ । सर्लाही जिल्लामा पनि धान खेती हुने ४५ शजार ९ सय ६० हेक्टर क्षेत्रफल मध्ये ४० हजार ३ सय ६४ हेक्टर अर्थात ९० प्रतिशत रोपाँइ सकिएको छ ।्

सबैभन्दा कम धानखेती हुने रौतहटमा हुने ३८ हजार ७ सय ५० हेक्टर क्षेत्रफल मध्ये २७ हजार १ सय २५ हेक्टर अर्थात ७० प्रतिशतले रोपाँइ सकिसकेको छ भने पर्सा जिल्लाको ४६ हजार हेक्टर क्षेत्रफल मध्ये ३६ हजार ८ सय हेक्टर अर्थात ८४ प्रतिशतमा रोपाँइ सकिसकेको मन्त्रालयले जनाएको छ ।

यस पटक समयमा वर्षा भएका र कृषि मजदूरहरु सजिलो गरी उपलब्ध रहेका कारणले रोपाँइ तीब्रगतिमा भएको छ । अबको एक सातामा सबै ठाउँमा धानको रोपाँइ सक्ने अनुमान मन्त्रालयको रहेको छ ।

भोली देखि हुने भारी वर्षाले धानको रोपाँइ भएको क्षेत्रहरुमा डुबान नभएको खण्डमा धानको उत्पादन व्यापक मात्रामा बृद्धि हुने अनुमान प्रदेश नंं २ का भूमि व्यवस्था कृषि तथा सरकारी मन्त्रालयले गरेको सचिव डा. निर्मलले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button