लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन
भद्रपुर-आन्तरिक राजस्व कार्यालय मेचीले कोेभिड–१९ का कारण लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षकमा रु तीन अर्ब एक करोड अर्थात् लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको झापाका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले बताउनुभयो ।
कार्यालयले आय करतर्फ रु एक अर्ब २५ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ३७ करोड र अन्तः शुल्कतर्फ रु ३८ करोड र अन्य शीर्षकमा रु एक करोड गरी रु तीन अर्ब एक करोड राजस्व सङ्कलन गरेको छ । उहाँका अनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्य क्षेत्र रहेको कार्यालयले गत वर्ष रु तीन अर्ब ६६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा भने कार्यालयले १४ प्रतिशत राजस्वमा वृद्धि भएको जनाएको छ । सो आर्थिक वर्षमा रु दुई अर्ब ६३ करोड मात्र राजस्व सङ्कलन भएको थियो ।
यस्तो अवस्थामा समेत लक्ष्यको ८२ प्रतिशत कर सङ्कलन गर्न सक्नु कार्यालयको ठूलो उपलब्धि हो ।” उहाँले २० लाखसम्म कारोवार गर्ने करदातालाई आय कर बुझाउनका लागि कार्यालय नआई बैंकबाट वा घरमै बसेर आफ्नो इ–बैंकिङ सेवा प्रयोग गरेर पनि पैसा दाखिला गर्दा हुने प्रणालीको बिहीबारबाट लागू गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्