किसानलाई १२ करोडभन्दा बढी अनुदान वितरण
बुटवल । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उत्पादन प्रवद्र्धनमा आधारित र कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत १२ करोडभन्दा बढी रुपैयाँ अनुदान वितरण गरेको छ ।
कृषि विकास निर्देशनालय र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले गरी कुल १२ करोड १० लाख ९७ हजार १ सय ३४ रुपैयाँ अनुदानको रुपमा प्रत्यक्ष किसानहरुलाई प्रदान गरेका हुन् ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयबाट उत्पादनमा आधारित दुधतर्फ ३१ सहकारीहरुलार्ई कुल ७ करोड ४८ लाख ६६ हजार ७ सय ८४ रुपैयाँ, खसी बोका कारोबार गर्ने सहकारीहरु १९ वटालाई कुल ४५ लाख ५८ हजार ३ सय ५० रुपैयाँ र कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत दुग्धतर्फ ९३ वटा सहकारी संस्थामार्फत कुल २ करोड ७८ लाख १२ सय रुपैयाँ, कुखुरातर्फ कुल १ करोड १८ लाख २८ हजार रुपैयाँ गरी कुल ११ करोड ७४ लाख ९ हजार १ सय ३४ रुपैयाँ नगद अनुदान प्रदान गरिएको हो ।
यस्तै प्रदेशको कृषि विकास निर्देशनालयबाट कोभिड १९ विशेष कार्यक्रम अन्तरगत कुल ३६ लाख ८८ हजार रुपैयाँ किसानहरुलाई विज वृद्धि र सामग्री खरिदमा सहयोग गरिएको छ ।
कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाका अनुसार यसबाट कुल २ सय ७३ जना किसान लाभांवित भएका छन् । कुल अनुदानबाट ५ हजार ८ सय ८४ जना किसानहरु लाभांवित भएका छन् ।
बुटवलमा एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयले अनुदान वितरण गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्