तपाईँ सुन्दै हुनुहुन्छः

साउन ४ गते देखि पुनः मनसुन सक्रिय हुने भएकाले सर्तक रहन आग्रह

फाइल तस्बिर

काठमाडौं । साउन ४ गते देखि पुनः मनसुन सक्रिय हुने भएकाले सर्तक रहन सर्वसाधारणलाई आह्वान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग र जलस्रोत तथा सिँचाइ विभागले सयुक्त  रूपमा आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सचेत र सतर्क रहन जोखिमयुक्त ठाउँका बासिन्दालाई आह्वान गरेका हुन ।

नेपालमा मनसुन सुरु भए यता बाढी र पहिरोमा परी एक सय एक जनाको ज्यान गइसकेको छ भने ५१ जना बेपत्ता ,४९ घाइते र एक३६ घर पूर्ण रूपमा क्षति भएका छन् ।

मनसुन सुरु भए यता परेको प्रशस्त पानीले पहाडी र चुरे क्षेत्रका अधिकांश भूभाग गलिसकेकोले नदी किनारा एवं बाढी पहिरोको जोखिम हुने आसपासका घरपरिवारहरूले उच्च सतर्कता अपनाउनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवतmा जनार्दन गौतमले बताउनुभयो ।

प्रवक्ता गौतमले राहत तथा उद्धारका लागि विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई तैनाथ गरिनुका साथै सरकारी तथा गैरसरकारी निकायहरू, रेडक्रसकर्मीहरु तथा निजी क्षेत्र समेत तुरुन्त परिचालित हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

नेपालमा साउन ४ गते देखि ८ गतेसम्म मनसुन सक्रिय हुने अनुमान गरिएको हुँदा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको ११४९ मा तथा बाढी र पहिरोको पूर्व जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको ११५५ नम्बरमा फोन गर्न सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button