संक्रमितलाई समस्या भएपछि भेन्टिलेटरमा राखियो

वीरगंज । वीरगञ्जको कोभिड अस्थाई अस्पताल गण्डकमा उपचाररत एक जना संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएपछि भेण्टिलेटरमा सारिएको छ ।
भारतको बैंगलौरबाट आएका रौतहटका ३६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि भेण्टिलेटरमा सारिएको कोभिड अस्थाई अस्पताल गण्डकका इन्चार्ज डा.उदयनारायण सिंहले जानकारी दिनुभयो ।
बैंगलौरबाट आएका उनी रौतहटकै क्वारेण्टिनमा बसेका थिए । क्वारेण्टिनमै भएको परीक्षणमा संक्रमण पुष्टि भएको र उनमा ज्वरो पनि देखिएपछि उपचारका लागि गएको सोमबार कोभिड अस्थाई अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।
संक्रमितको स्वास्थ्य सुध्रनुको सट्ट झनै खराब हुँदै गएको र आज श्वासप्रश्वासमा नै समस्या देखिएपछि भेण्डिलेटरमा राख्न परेको डा.सिंहले बताउनुभयो ।
श्वासप्रश्वासमा समस्या देखिए पनि चिन्ताजनक नै अवस्था भने नरहेको पनि उहाले बताउनुभयो । कोभिड अस्थाई अस्पताल गण्डकमा भेण्टिलेटरमै राखेर उपचार गर्नपरेको उनी नै पहिलो संक्रमित हुन् ।
यस अघि अस्पतालमा कसैलाई पनि भेण्टिलेटरमा राखेर उपचार गर्नु परेको थिएन । संक्रमितको ट्राभल हिस्ट्री रहेकाले स्वास्थ्यमा बढी समस्या देखिएको हुन सक्ने पनि चिकित्सकहरुले अनुमान छ ।








प्रतिक्रिया राख्नुहोस्