तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको दुर्गम धामीगाउँमा प्रहरी चौकी स्थापना हुने

बैतडी । बैतडीको दुर्गम डिलाशैनी गाउँपालिका ७ धामीगाउँमा प्रहरी चौकी स्थापना हुने भएको छ । प्रहरी चौकी स्थापनाको लागि धामीगाउँमा संरचनाको खोजी सुरु गरिएको छ ।

शान्ति सुरक्षाको दृष्टिकोणले पनि उक्त ठाउँमा प्रहरीचौकी स्थापना गर्न आवश्यक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनभुयो । चौकी स्थापनाको लागि सोमबार उक्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अधिकारीको टोली स्थलगत निरीक्षण गरेर फर्किएको छ ।

प्रहरीले आफ्नै घर नबनाउदाँ सम्मका लागी भने भाडाको घरमा चौकी स्थापनाको तयारी भैरहेको स्थानियबासी नेकपा जिल्ला कमिटि सदस्य गोबिन्द गीरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button