कोरोना संक्रमण: विश्वभर १ करोड़ ३२ लाख संक्रमित, ५ लाख ७५ हजारको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वभर १ करोड़ ३२ लाख ३५ हजार ७६० जना संक्रमित भएका छन् भने ५ लाख ७५ हजार ५२५ जनाको मृत्यु भएको छ ।
वर्ल्डओमिटरका अनुसार उपचार गराइरहेका ४९ लाख ६३ हजार ८५४ जना मध्ये ५८ हजार ८८१ जनाको स्वास्थ्य अवस्था जटिल रहेको छ भने ७६ लाख ९६ हजार ३८१ जना उपचार पछि निको भएर घर फर्केका छन् ।
संयुक्त राज्य अमेरिकामा ३४ लाख ७९ हजार ४८३ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने १ लाख ३८ हजार २४७ भन्दा धेरैको ज्यान गएको छ ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या १८ लाख ८७ हजार ९५९ पुगेको छ भने ७२ हजार ९२१ भन्दा बढिको मृत्यु भइसकेको छ ।
छिमेकी मुलुक भारतमा ९ लाख ७ हजार ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेहरुको संख्या २३ हजार ७२७ पुगेको छ ।
रसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या ७ लाख ३३ हजार ६९९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ ।
पेरुमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ३० हजार १२३ पुगेको छ । त्यहाँ १२ हजार ५४ भन्दा बढिको मृत्यु भइसकेको छ ।
चिलीमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ६५७ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ७ हजार २४ पुगेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना संक्रमितको संख्या ३ लाख ४ हजार ४३५ पुगेको छ । त्यहाँ ३५ हजार ४९१ भन्दा बढिको मृत्यु भएको जनाएको छ ।
स्पेनमा ३ लाख ३ हजार ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २८ हजार ४०६ को मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्