विपद् पीडितको उद्धारमा जुट्न आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पीडितको तत्काल उद्धार तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन, प्रभावकारी राहत वितरण गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा बाढी, पहिरा तथा डुबानबाट वर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाउनु परिरहेको यथार्थलाई दृष्टिगत गरी विकास निर्माणका कार्यलाई मानव अधिकारमैत्री बनाई काम गर्न आग्रह गरिएको छ ।
आयोगले प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट पीडितको अवस्था, उद्धार, राहत वितरण, स्वास्थ्योपचार बसोबास लगायतका विषयमा सूचना सङ्कलन कार्य भइरहेको जनाएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्