तपाईँ सुन्दै हुनुहुन्छः

बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गरिने

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ ।

गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिएर व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको हो ।

जग्गाको भौतिक पूर्वाधार, ग्रामीण सडक, सिँचाइ, विद्युत्लगायत खानेपानी, शीत भण्डार आदिमा प्राविधिक सहायता दिनुका साथै मल, बीउ र बजार प्रवद्र्धनमा गाउँपालिकाले पहल गर्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

गाउँपालिकाले कोदोमा आत्मनिर्भर बनाउँदै यसको प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गरी सबै होटल तथा रेष्टुरेन्टमा कोदोको परिकारलाई मेनुमा अनिवार्य राख्ने व्यवस्था गरिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले कोदो खेतीलाई प्रवद्र्धन गर्न विगत वर्षदेखि नै कोदो महोत्सव गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button