तपाईँ सुन्दै हुनुहुन्छः

माझठानाका झरनामा पर्यटन आवागमनमा रोक 

पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण पोखरा महानगरपालिका–२८ माझठानास्थित दुई झरनामा पर्यटक आवागमनमा रोक लगाइएको छ ।

पोखरा महानगरपालिकास्थित रोला र ढोडेनी झरनामा दैनिक बढ्दै गएको पर्यटकको चापलाई ध्यान दिई आगामी साउन १५ गतेसम्मका लागि रोक लगाइएको हो ।

दैनिक पर्यटको चाप बढ्दै गएपनि भौतिक दूरी कायम गर्ने तथा मास्क लगायतका सुरक्षा सामग्री प्रयोगमा ध्यान नदिइएका कारण संक्रमण फैलिने खतरा रहेकाले केही समयका लागि दुवै झरना बन्द गरिएको पर्यटन पूर्वाधार विकास समिति पोखराका अध्यक्ष भोजराज भुर्तेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button