पहिरोले अवरुद्ध मध्य पहाडी लोक मार्ग एकतर्फी सुचारु
पर्वत । आज बिहानदेखि अवरुद्ध भएको मध्य पहाडी लोक मार्गको पर्वत खण्ड एकतर्फी सुचारु भएको छ ।
बिहान ८ः०० बजेदेखि पहिरो खसेर कुस्मा नगरपालिका–८ चुवा र मोदी गाउँपालिका–६ डिमुवामा अवरुद्ध भएको सडक केही बेर अगाडीदेखि एकतर्फी रूपमा खुल्ला भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
दुईतर्फी रूपमा सडक खुलाउन अहिले एक्साभेटरको प्रयोग गरी पन्छाउने काम भइरहेको प्रहरी निरीक्षक सुबेदीले बताउनुभयो ।
अविरल वर्षाका कारण पहिरो झरेको प्रहरीले जनाएको छ । वर्षा सुरु भएपछि मध्य पहाडी लोक मार्गको पर्वत खण्डमा पटक पटक पहिरो खस्दै आएको छ ।
पर्वत जिल्ला भित्र पर्ने २४ किलोमिटर खण्ड अन्तर्गत चुवाको भीर , दोबिल्ला , मह भीर, अर्मादी, सहस्र धारा लगायतका स्थानमा पहिरो जाने समस्या छ ।








प्रतिक्रिया राख्नुहोस्