गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल सङ्क्रमित ११९२ पुग्यो

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका सात जिल्लामा कोरोनाका १५ सङ्क्रमित थपिएका हुन् ।
आइतबार थपिएका सङ्क्रमितमध्ये तनहुँमा छ, पर्वत र बागलुङमा दुई /दुई जना, नवलपरासी (सुस्ता पूर्व), स्याङ्जा र गोरखामा एक/ एक जना । यसै गरी लमजुङमा दुई जना सङ्क्रमित थपिएका छन् ।
तनहुँमा थपिएका सङ्क्रमितमध्ये व्यास नगरपालिकामा एक, ऋषिङ गाउँपालिकामा तीन, शुक्ल गण्डकी नगरपालिकामा एक र भानु नगरपालिकामा एक जना रहेका छन् ।
यसै गरी, पर्वतको महिला र फलेवासमा दुई जना सङ्क्रमित थपिएका छन् । बागलुङको जैमनी र ढोरपाटनमा दुई सङ्क्रमित थपिएका छन् । नवलपुर मध्य बिन्दुमा एक महिला सङ्क्रमित थपिएका छन् । स्याङ्जाको भिर कोटमा एक र गोरखाको सिरान चोकमा एक जना सङ्क्रमित थपिएका छन् ।
लमजुङको मध्य नेपाल र बेशिसहरमा एक एक जना सङ्क्रमित थपिएका छन् । उनीहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसँगै प्रदेशको कुल संक्रमिको सङ्ख्या ११९२ पुगेको छ । त्यस्तै, गण्डकी प्रदेशमा निको भएर डिस्चार्ज हुनेको सङ्ख्या ७३६ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १५ जना सङ्क्रमित थपिएका हुन् ।
सबै व्यक्तिहरूलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्