तपाईँ सुन्दै हुनुहुन्छः

दोँदा नदीमा नवजात शिशुको बेवारिसे शव फेला

 कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका  वडा नम्बर २ बाणी स्थित दोँदा नदीमा नवजात शिशुको बेवारिसे शव फेला परेको छ ।
पुल मुनीको पानीमा आधा भाग बालुवाले पुरिएको अवस्थामा शनिबार नवजात बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार, नवजात शिशुको शव परीक्षणका लागि महाकाली उपप्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ । नवजात शिशु कसको हो भन्ने थाहा नभएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button