झापामा घर बनाउने क्रममा लडेर एकजनाको मृत्यु
झापा । झापामा घर बनाउने क्रममा लडेर आज शनिबार एक मजदूरको मृत्यु भएको छ ।
झापाको दमक ८ स्थित एक घरको दोस्रो तलामा फिनिसिङको काम गर्दैगर्दा सोही वडा निवासी ६० बर्षीय आतादुल धोनियाको दिउँसो मृत्यु भएको हो ।
एक्कासी लडेर वेहोश भएका धोनियालाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्