गैँडाकोटको थुम्सीमा नयाँ डाइर्भसन निर्माण, नौ घण्टापछि राजमार्ग सुचारु

चितवन । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ । नौ घण्टापछि नयाँ डाइर्भसन निर्माण भएपछि यातायात आवागमन सुचारु भएको हो ।
पूर्वी नवलपरासीको गैँडाकोट –९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहान चार बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।
दिउसो १ः०० बजेबाट सडक सुचारु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । बाटो बन्द भएपछि रोकिएका सवारीसाधन गन्तव्यमा लागेका छन् ।
नारायणगढ–बुटवल सडक खण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो ।
सोही कम्पनीले नयाँ डाइभर्सन बनाएको हो । हाल गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडक खण्ड विस्तारको काम भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्