तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका ३०३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए

पाल्पा । पाल्पाका पाँच सय ४९ जना कोरोना सङ्क्रमितमध्ये तीन सय तीन जना निको भएर घर फर्किएका छन् । शुक्रवार र शनिवार मात्रै पाल्पामा दुई सय ५६ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

कोरोनामुक्त घर फर्किनेहरूमा रामपुर नगरपालिकाका एक सय छ जना, निस्दी गाउँपालिकाबाट ९५ जना, माथ गढी गाउँपालिकाका १५ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् ।

पूर्व खोला गाउँपालिकाका ३४ जना, रैनादेवी छहरा गाउँपालिकाका २० जना, रम्भा गाउँपालिकाका २५ जनालाई घर पठाइएको छ ।

त्यसै गरी बगनासकाली गाउँपालिकाका एक, रिब्दीकोट गाउँपालिकाका चार, पाल्पामा उपचाररत गुल्मी र अर्घाखाँचीका तीन जना पनि कोरोनामुक्त भएर घर फर्केका छन् ।

पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ४९ पुगेको छ । बगनासकाली गाउँपालिकामा ४२, रम्भा गाउँपालिकामा ४०, रामपुर नगरपालिकामा एक सय १६, माथ गढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका आठ, रैनादेवी छहरा गाउँपालिकामा ३८, तानसेन नगरपालिकामा १३, पूर्व खोला गाउँपालिकामा एक सय ५९, रिब्दीकोट गाउँपालिकामा पाँच र निस्दी गाउँपालिकामा ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै पाल्पामा गुल्मीका दुई जना र अर्घाखाँचीका एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो । पूर्व खोला, सिलुवाका ४५ वर्षीय एक जना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button