तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी विवादले बालकको ज्यान गयो, चारजना पक्राउ

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालका–६ मा खानेपानीको विवाद हुँदा बालकको ज्यान गएको छ ।

भौना र झरकाडा गाँउका युवाबीच खानेपानीको विषयलाई लिएर झडप हुँदा ८ वर्षीय हिमान्चु महराको मुत्यु भएको छ  ।

शुक्रबार राति करिब ९ बजेतिर भएको झडपमा बालक घाइते भएको र राति नै उपचारका लागि धनगढी पुर्याइएको थियो  । शनिबार विहान उपचारकै क्रममा बालकको मृत्यु भएको मृतक बालकका बुवा गणेश महराले जानकारी दिनुभयो ।

मदिरा सेवन गरी खानेपानीको विषयमा झगडा गर्ने ४ जना युवाहरुलाई प्रहरीले नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ल्याईएको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button