तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ

भद्रपुर, झापा । प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका– ३ घर भई दमक नगरपालिका–१ मा बसोबास गर्ने २२ वर्षीय दिपेन लिम्बु र माङसेबुङ–३ घर भएका १६ वर्षीय रोहण राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार राति ११ बजे उनीहरूलाई ४९.१ ग्राम ब्राउनसुगर र ५२ हजार ६ सय ५ रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button