तपाईँ सुन्दै हुनुहुन्छः

बाढीका कारण मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति

मेलम्ची । मध्यभोटेकोसी जलविद्युत आयोजना क्षेत्र बाढीका कारण डुबानमा परेको छ । गए राती आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्वौँको क्षति पुगेको छ ।

एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिनुभयो ।

आयोजनाका लागि आवश्यक उपकरणहरू राख्ने गरिएको भण्डार केन्द्र समेत बाढीले क्षतिग्रस्त पारेको छ । लामाले भन्नुभयो, आयोजनाका लागि तीन वटा महँगा उपकरणहरू टर्बाइन रनर, जीआईएस र जीटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरणहरू ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताउनुभयो । ‘ड्याममा क्षति भएको छ , पावर हाउसमा पहिरो गएको छ । आयोजनाका सामान राखेको गोदाम केही बगाएको छ भने केही पुरिएको छ,’ मेयर शेर्पाले भन्नुभयो ।

मध्य भोटेकोसी आयोजनाका पुरिएका सामान क्रेनले निकाल्ने काम भइरहेको मेयर शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button