करेन्ट लागेर र खोलाले बगाएर झापामा दुई जनाको मृत्यु

भद्रपुर, झापा । झापाको मेचीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर १४ दुवागढी बस्ने २७ वर्षीय चक्रबहादुर भुजेल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार शनिवार घरको वायरिङ गर्ने क्रममा करेन्ट लागेर घाइते भएका भुजेललाई उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसै गरी, रतुवा खोलाले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५, टुक्रेका ३५ वर्षीय पुष्प राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
खोलाले बगाएर ल्याउँदै गरेको दाउरा झिक्ने क्रममा राईलाई खोलाले बगाएको थियो । उनको शव प्रहरी र स्थानीयवासीले खोजतलास गरी निकालेका थिए ।








प्रतिक्रिया राख्नुहोस्