तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा ‘‘हाम्री छोरी, प्यारी छोरी’’ अभियान शुरु

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ ।

नगरपालिकाले शुरु गरेको ‘‘हाम्री छोरी, प्यारी छोरी’’ कार्यक्रम अन्र्तगत नगरभित्र छोरी जन्मने बित्तिकै बैंक खाता खोली बार्षिक एक हजार रुपैया खातामा जम्मा गरिदिने गरेको छ । नगरपालिकाले यस वर्ष १९० छोरीको कृषि विकास बैंकमा खाता खोलिदिएको छ ।

नगरपालिकाले बालविवाह अन्त्यका लागि यो अभियान शुरु गरेको र खाता खोल्न आउने अभिभावकलाई नगरपालिकाले बालविवाहका असर, बालविवाह विरुद्ध भएको कानूनी व्यवस्था, अहिले टीकापुरको अवस्थाबारे जानकारी दिने गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले छोरीको खातामा हरेक वर्ष एक हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्ने र २० वर्ष पूरा भएको छोरीलाई एकमुष्ट २० हजार उपलब्ध गराइने व्यवस्था गरीएको छ । बालविवाह अन्त्यका साथै छोरीको महत्व बुझाउने प्रयास स्वरुप यो कार्यक्रम गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button