तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैनामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा नं.६ कलौनीमा लु२च ८५२९ नम्बरको कार र लु५२प ६२२९ नम्बरको मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सो घटनामा मोटरसाइकल चालक सैनामैना–१ बस्ने ३० वर्षीय सन्तोष परियार र मोटरसाइकलमै सवार उनका बाबु ५० वर्षीय टेकबहादुर परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

कार तथा मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button