सर्पको टोकाइबाट बालिकाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
गएराति कोठामा सुतिरहेको समयमा ५ वर्षीया बालिका पुनम बोहराको हातमा विषालु सर्पले डसेको परिवार स्रोतले जनाएको छ ।
राति नै अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा बालिकालाई लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।
बालिकाको उपचारका क्रममा आइतवार बिहान सेती प्रादेशिक अस्पताल मै मृत्यु भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्