तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा दुुई जनाको मृत्यु

रामप्रसाद आचार्य, रुपन्देही । सवारी दुर्घटनामा बुटवल– १० रामनगरमा परेर दुुई जनाको मृत्यु भएको छ ।

रोकिराखेको ट्रक ना ६ ख ६२४ नम्बरको गाडीमा बा १४ च ६८७९ नम्बरका छोटा हात्ती गाडी ठोकिँदा दुुर्घटना भएको हो । दुुर्घटनामा परी बुटवल ११ कालिकानगरका २१ बर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ बर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

दुवै सवारी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका थिए । गुरुङको घटनास्थलमै र कुँवरको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । छोटा हात्तीका चालक बुटवल ११ का २५ बर्षीय गोपाल दंगाल सामान्य घाइते भएका छन् ।

ट्रक बिग्रिएर बनाउन लाग्दा पछाडिबाट आएको छोटा हात्तीले ट्रकमा ठक्कर दिएको थियो । छोटा हात्तीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button