तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाद्वारा बारीबाटै आलु बिक्री गर्न शूरु

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै किनेर आफै बिक्री गर्न शूरु गरेको छ ।

आँधीखोला–१ भक्किमले, दत्तेलटे र त्रिवेणीका किसानहरुले उत्पादन गरेको बर्खे आलु बारीबाटै गाउँपालिकाले किनेपछि किसान उत्साहित भएका छन् ।

त्यहाँका ५४ घरका कृषकले ९० रोपनी जमिनमा सामूहिक रूपमा लगाएको ४२ टन आलु गाउँपालिकाले प्रतिकिलो ५५ का दरले किनेको हो ।

गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बन्दाबन्दीका समयमा कृषकले उत्पादन गरेको बर्खे आलु गाउँपालिकाले किनेर बिक्री गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

बन्दाबन्दीको समयमा लगाएको आलु कसरी बिक्री गर्ने भन्ने चिन्ताका बीच गाउँपालिकाले किसानको बारीबाटै आलु किनेपछि निकै खुशी लागेको युवा कृषक चुडामणि पौडेलले बताउनु भयो ।

बन्दाबन्दीमा गाउँपालिकाले उपभोक्ताको घरघरमै सुपथ मूल्यमा आलु पुर्याउन थालेपछि स्थानीय उपभोक्ता उत्साहित भएको गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button