तपाईँ सुन्दै हुनुहुन्छः

जिल्लाका नौ स्थानीय तहमा फैलियो कोरोना, सङ्क्रमितको सङ्ख्या एक सय ७६ पुग्यो

सल्यान । दश स्थानीय तह रहेको सल्यानका नौ तहमा कोरोना भाइरस फैलिएको छ । शुक्रबार शारदा नगरपालिकाका तीन जनामा कोरोना पुष्टि भएसँगै सल्यानका नौ स्थानीय तहमा कोरोना फैलिएको हो ।

छत्रेश्वरी गाउँपालिका बाहेक सबै स्थानीय तहमा कोरोना फैलिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिकामा सबैभन्दा धेरै संक्रमित रहेका छन् । शारदा नगरपालिकाका तीन जना, बनगाड कुपिण्डे नगरपालिकाका एक सय ३७ जना, बागचौर नगरपालिकाले नौ, कुमाख गाउँपालिकका नौ जना, सिद्ध कुमाख गाउँपालिकाका तीन जना, त्रिवेणी गाउँपालिकाका पाँच, कपुरकोट गाउँपालिकाका एक जना, कालिमाटी गाउँपालिकाका दुई जना, दार्मा गाउँपालिकाका नौ र सल्यान अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत शुक्रबार तीन जनामा कोरोना पुष्टि गरेको छ ।

शारदा नगरपालिका वडा न ९ का २५ र ३७ वर्षका पुरुष र वडा न १२ का ३२ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबै क्वारेनटाइनमा रहेको र उनीहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार थपिएका तीन जनासँगै सल्यानमा संक्रमितको संख्या एक सय ७६ पुगेको छ ।

एक सय ५० जना डिस्चार्ज
सल्यानमा कोरोना संक्रमित उपचारपछि एक सय ५० जना डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेसनमा रहेका एक सय ५० जना होम क्वारेनटाइनमा बस्नेगरी घर फर्किएका हुन ।

हाल विभिन्न आइसोलेसनमा २६ जना उपचारमा रहेका छन् ।

लुहापिङ आइसोलेसनबाट एक सय २० जना, सल्यान अस्पतालबाट आठ जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना र चौरजहारी मिसन अस्पतालबाट नौ जना गरी एक सय ५० जना घर फर्किएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button