नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी, नेकपाको स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।बैठकमा स्थायी समितिका सदस्यहरुले निर्धारित कार्यसूचीमा आ–आफ्नो धारणा राखिरहनु भएको छ ।
नेकपा स्थायी समितिमा सरकारको कामको समीक्षा, कोभिड १९ को रोकथाम र उपचार, सीमा समस्या र समाधान र एमसीसी लगायतका विषयहरु छलफलका लागि तोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्