तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा सम्पन्न, कोरोना, विकास तथा पर्यटनमा जोड

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको पाँचौ नगरसभा गएको अबेर राति सम्पन्न भएको छ । वडाध्यक्षहरुको चर्को विरोधका बीच बहुमतको आधारमा नगर सभा सम्पन्न भएको छ ।

नगर प्रमुख लालकिशोर साहले आर्थिक वर्ष २०७७÷७८ का लागि १ अर्ब ६५ करोड २५ लाख ७१ हजार ९ सय २५ रुपैयाको अनुमानित आय व्यय बजेट पेश गर्नु भएको छ । प्रस्तुत गरिईएको बजेटमा चालु तर्फ ३१ करोड ५९ लाख ६० हजार तथा पूँजीगत तर्फ १ अर्ब ३३ कोरोड ६६ लाख ११ हजार ९ सय २५ रुपैयाको अनुमानित बजेट पेश गर्नु भएको छ ।

राति ११ बजेसम्म चलेको नगर सभामा बहुमत सदस्यहरु उपस्थित रहेर हस्ताक्षर गर्नु भएकोले पाँचौ नगरसभा सफल भएको नगर उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले अगामी आर्थिक वर्षमा विकास निर्माण, शिक्षा तथा स्वास्थ्य एवं पर्यटन क्षेत्रको विकासमा जोड दिईएको छ ।

यसै बीच केही वडाध्यक्षहरुले उपमहानगरपालिकाका प्रमुखले बल जफति तथा प्रलोभनमा पारेर नगरसभा गरेको भन्दै आज पत्रकार सम्मेलनको आयोजना गरेर विरोध गरेका छन् । वडा नंं ७ का वडाध्यक्ष परमेश्वर साहले नगर प्रमुखको मनपरीको विरुद्धमा आफूहरुले अदालतसम्म जानु परेपनि जाने बताउनुभयो ।

वडा नंं ४ का वडाध्यक्ष शुदर्शन सिंह, वडा नंं ७ का अध्यक्ष जानकी राम साह, वडा नंं ३ का अध्यक्ष दिपेन्द्र साह, वडा नंं ६ का अध्यक्ष मनोज साह, वडा नंं १० का अध्यक्ष मिथिलेश कर्ण तथा वडा नं १३ का वडाध्यक्ष शुभनारायण मण्डल सहितका वडाध्यक्ष तथा नगरसभा सदस्यहरुले पत्रकार सम्मेलनको आयोना गरेको लुकी छिपी गरेको नगर सभाको विरोध गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button