तपाईँ सुन्दै हुनुहुन्छः

आज बजारमा सुनको मूल्य यस्तो छ


काठमाडाैं। लकडाउन पछि उकालो लागेको सुनको मूल्य दिनानु दिन बढ्ने क्रममा रहेको छ । आज बिहिबार मूल्य स्थिर रहदै प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै सोमबार भने प्रति तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदी भने तोलामा रु १० घटेको छ । बुधबार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ९३५ रुपैयाँमा कोरोबार भएको हो।

सुनको मुल्य लगातार बढेसंगै बजारमा सुन खरिद गर्ने भन्दा बेच्ने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोना महामारीसंगै आम्दानीमा ह्रास र बेरोजगारीले गर्दा रोजीरोटीको लागी सुन बेच्ने बढेको संघको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button