पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापना गर्ने गृहको निर्णय
रासस । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गत जेठ ३१ मा गएको पहिरोका पिडीतलाई गृहमन्त्रालयले थप राहत दिनुका साथै पुनःस्थापना गर्ने निर्णय गरेको छ ।
पहिरोमा विस्थापित १३ घरपरिवारलाई तुरुन्त अस्थायी घर निर्माण गर्नका लागि प्रतिघरपरिवार ५० हजारका दरले रकम उपलब्ध गराउने र सो रकम अपुग भएमा थप ५० हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका उपसचिव गणेशविक्रम शाहीले जानकारी दिनुभयो ।
यसैगरी पहिरोबाट अति जोखिमा परेका घरपरिवारलाई बस्ती स्थानान्तरण गर्नुपर्ने वा नपर्ने विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन खानी तथा भूगर्भ विभागलाई जिम्मा दिने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्