पहिरोमा थप एकको शव फेला, मृतकको संख्या चार पुग्यो
पाल्पा । तानसेन–तम्घास सडक खण्डमा हिजो गएको पहिरोले गाडी बगाउँदा थप एक जनाको शव आज भेटिएको छ ।
शबको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो सँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा पहिरोमा पुरिएर हिजो ३ जनाको मृत्यु भएको थियो ।
मृत्यु हनेहरुमा पाल्पाका रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ बर्षिय भुवन खाम्चा, कार्भे पाँचखाल नगरपालिका वडा नंं ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नंं २९ बाङ्गेसालका २३ बर्षिय विर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्