पाल्पामा थप ५८ संक्रमित, दुई निको
पाल्पा । पाल्पामा मंगलबार ५८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ भने दुई जना निको भई घर फर्किएका छन् ।
यो संगै पाल्पामा संक्रमितको संख्या दुई सय ३४ पुगेको छ । निको भई घर फर्कनेको संख्या भने सात पुगेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ३३ जना पुरुष र ४ जना महिला गरी ३७ जना, बगनासकाली गाउँपालिकामा ११ पुरुष र माथागढी गाउँपालिकामा १० जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख बिश्वनाथ न्यौपानैले बताउनुभयो ।
पूर्वखोला गाउँपालिकामा देखिएका ३७ जना नागरिक जेठको दोस्रो हप्ता भारतबाट आएर वडा नम्वर ६ र १ का विभिन्न क्वारेन्टाइनमा बसेका थिए । सोमबार मात्र गाउँपालिकामा ८० जनामा संक्रमण देखिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्