तपाईँ सुन्दै हुनुहुन्छः

काँकडभिट्टा नाकाबाट १८ बोरा सुख्खा सुपारी बरामद


झापा । तस्करीको माध्यमबाट झापाको काँकडभिट्टा नाका हुदै भारत लैजान लागेको १८ बोरा सुख्खा सुपारी प्रहरीले बरामद गरेको छ । मेचीनगर नगरपालिका–७ स्थित मेची पुल नजिकैको खोला किनारबाट प्रहरीले सो परिणामको सुपारी गएराती बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको ५४० केजी सुपारी बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

करिब एक लाख ७८ हजार दुई सय मूल्य बराबरको सुपारी .इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ सुपारीलाई मेची भन्सार कार्यालय बुझाइने तयारी छ ।

सीमा नाका सिल भएको अवस्थामा जिल्लाका विभिन्न नाकाबाट अहिले पनि तस्करीको माध्यमबाट सरसामान भित्राउने र लैजाने गतिविधि भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button