तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक लेखा समिति बैठक : स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे सम्बन्धित पक्षसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले कोभिड– १९ को महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे सम्बन्धित पक्षसँग आज छलफल गरेको छ ।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल र स्वास्थ्य विभागका महानिर्देशक डा.दीपेन्द्र रमण सिंहसँग स्वास्थ्य सामग्री खरिद प्रक्रियाका बारेमा छलफल गरेको हो ।

बैठकमा सांसदहरुले स्वास्थ्य सामग्री खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनविपरित भएका कारण यसमा कानुनीसँगै आर्थिक अनियमिततासमेत भएको बताउनुभयो ।

सांसद धर्मशीला चापागाईँले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रक्रियागत सँगै र यसको मूल्यमा समेत देखिएको अन्तरले थुप्रै आशङ्का रहेको बताउनुभयो ।

सांसद मोहम्मद इस्तियाक राईले स्वास्थ्य सामग्री खरिद प्रक्रिया नै गलत भएकाले स्वास्थ्य मन्त्रालय यसमा दोषी रहेको औँल्याउनुभयो ।

सांसद मिनेन्द्रप्रसाद रिजालले मन्त्रालयका सल्लाकारको भूमिका र यसमा देखिएको हरे प्रक्रिया र निर्णय आशङ्का र सन्देहको घेरामा रहको बताउनुभयो ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले विशेष परिस्थितिलाई लिएर सामग्री खरिद सार्वजनिक खरिद ऐन बमोजिम नै मन्त्रिपरिषद्को निर्णयमा भएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोषमा हालसम्म दुई अर्व ३४ करोड ८१ लाख रुपैयाँ सङ्कलन भएको र हरेक खर्चको विवरण रहेको स्पष्ट पार्नुभयो ।

उहाँले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि सङ्घीय सरकार, प्रदेश तथा स्थानीय तहमा बजेट निकासा भएकोमा विवरण आउने क्रम जारी रहेको तर बाहिर भनिएजस्तो १० अर्व रुपैयाँ खर्च भने नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button