बाँकेमा थप १० कोरोना संक्रमित डिष्चार्ज
नेपालगन्ज । बाँकेमा आज थप १० जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट खजुरा गाउँपालिकाका ९ र नेपालगन्ज उपमहानगरपालिका १ जना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या २ सय ६० पुगेको छ । बाँकेमा हालसम्म ३ सय ४१ जनामा संक्रमण हुँदा २ जनाको भने मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्