तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको सम्सी गाउँपालिका सिलबन्दी

महोत्तरी । जिल्लामा कोरोना संक्रमित बढेपछी जिल्ला प्रशासन कार्यालय महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकासिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार सूचनाजारी गर्दै बुधबार राति १२ बजेदेखि ७२ घण्टाका लागि पूर्णरुपमा सिल गरिने जनाएको हो ।
सम्सी गाउँपालिकामा बुधबार एकैदिन १८२ जनामाकोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सम्पूर्ण क्षेत्र बुधबार राति १२ बजेदेखि सिलगर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

यसअघि पनि सम्सी गाउँपालिकामा ९१ जनामा संक्रमण पुष्टि भएको थियो । महोत्तरीमा बुधबार २०० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५०८ पुगेको छ ।

एउटै गाउँपालिकाभित्र रहेका विभिन्न क्वारेन्टिनमा बसेकामध्ये २७३ जनामा संक्रमण पुष्टि भएको र कोरोना संक्रमितको संख्यामा एक्कासी वृद्धि आएकाकारण संक्रमण फैलिन नदिन बुधबार राति १२ बजेदेखि असार ६ गते राति १२ बजेसम्मका लागि सिलगर्ने निर्णय भएको प्रजिअ कटुवालले बताउनुभयो ।

त्यस क्षेत्रमा अति आवश्यक सेवा औषधि पसल, एम्बुलेन्स, स्वास्थ्य सेवा, मृत्यु संस्कार बाहेक सम्पूर्ण क्रियाकलाप निषेध हुने गरी पूर्ण रुपमा सिलगरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button