तपाईँ सुन्दै हुनुहुन्छः

‘कुल विद्युत जडित क्षमता १३ सय मेघावाट’

उर्जामन्त्री बर्षमान पुनले नेपालको कुल विद्युत जडित क्षमता १३ सय मेघावाट पुगेको बताउनु भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले उठाउनु भएको प्रशनहरुको जवाफ दिदै मन्त्री पुनले हाल पिक डिमाण्ड भएको समयमा उत्पादन र खपत बराबर जसतो रहेको र राती अबेर भने खपत घटेर हाल दैनिक जसो नेपाल विद्युत प्राधिकरणलाई २ करोड जतिको घाटाको अवस्था रहेको बताउनु भयो ।

उहाँले त्यस्तो घाटा बढी हुन नदिन प्रधिकरणले दिउँसो र रातीमा विद्युतको महशुल पनि कम गरेर उद्योगहरुलाई रातीमा चलाउन प्रोत्साहन गरेको जानकारी दिनु भयो ।

उत्पादन भै बढी भएको विद्युत भारतमा बेच्नका लागि कम्पनी स्थापना भै विदेशमा विद्युत निर्यात गर्ने अनुमतीका लागि प्रस्ताव मन्त्री परिषदमा रहेको उल्लेख गर्नु भयो ।

हाल नेपालमा ६ हजार मेघावाट क्षमताका विदूत आयोजनाहरु र्मिाणको चरणमा रहेकको, ६ हजार मेघावाट पिपिए भएर लगानी जुटाउनका लागि तयारी अवस्थामा रहेको र १८ हजार मेघावाट क्षताका आयोजनाहरु प्रारम्भिक अध्ययनको चरणमा रहेको पनि उल्ल्ेख गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button