तपाईँ सुन्दै हुनुहुन्छः

‘वैकल्पिक तरकारी बजार निर्माणको काम जारी’

कृषि मन्त्री घनश्याम भुषालले प्रयाप्त मात्रामा तरकारी उत्पादन, बजारीकरण र उत्पादकले बचत गर्न सक्ने बनाउन जोड दिने गरी आगामी बजेटमा आवश्यक व्यवस्था गरिएको बताउनु भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले उठाउनु भएका विभिन्न प्रश्नहरुको जवाफ दिदै कृषि मन्त्री भुषालले मुलुकमा प्रयाप्त तरकारी उत्पादन भएको खण्डमा विदेशी तरकारीलाई क्रमशः नियन्त्रण गर्न सकिने उल्लेख गर्नु भयो ।

मन्त्री भुषालले मुख्यबालीहरु लगाउने बेलामा नै सर्मथन मुल्य तोक्ने सरकारको नीति अनुसार धानको बाली लगाउने बेला भएकोले सरकारले धानको न्युनतम सर्मथन मुल्य तोकेको बताउनु भएको छ ।

मन्त्री भुषालले काठमाडौमा किसानहरुको वैकल्पिक तरकारी बजार निर्माणको काम भईरहेको र त्यहाँ उत्पादकहरुले सोझै तरकारी बिक्रि गर्ने व्यवस्था गरिएकोले तरकारी बजारमा हाल भएको विचौलियाको प्रभाव क्रमशः निरत्साहित हुने उल्लेख गर्नु भयो ।

किसान र उत्पादकलाई अनुदान दिने व्यस्थाको शुरुवात गरेको उल्लेख गर्दै मन्त्री भुषालले धान रोप्नलाई तत्कालै आवश्यक पर्ने डिएपी मल प्रर्याप्त मात्रामा रहेको र धानले गाँज हाल्ने बेलामा आवश्यक पर्ने युरीया मल पनि आवश्यक मात्रामा आइपुग्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button