तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा फेरी थपिए १६ जना कोरोना संक्रमित

सर्लाही । सर्लाहीमा आज मंगलवार फेरी १६ जना कोरोना संक्रमित बिरामीहरु थपिएका छन । संक्रमितहरु १६ जनै मलंगवा नगरपालिकाको रहेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो ।

यो संगै सर्लाहीमा संक्रमित हुनेको संख्या ५ सय २६ पुगेको छ । मलंगवाका १६ जना संक्रमितहरु वडा नं. १, ३, ४, ६, ७, ९ र ११ का रहेका छन । वडा नं. १ मा २ जना, वडा नं.३ मा ३ जना, वडा नं. ४ मा १ जना, वडा नं. ६ मा २ जना, वडा नं. ७ मा सबै भन्दा बढि ६ जना, वडा नं. ९ मा १ जना, वडा नं. ११ मा १ जना गरी जम्मा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रजिअ जिसीले जानकारी दिए ।

मलंगवा नगरपालिकाले जेठ १७ गते ८६ जना र जेठ १९ गते पनि ८६ जना गरी जम्मा १ सय ७२ जनाको स्वाब पिसिआर प्रविधिमा कोरोना परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेक, काठमाडौं पठाएको थियो जस मध्ये जेठ ३२ गते ७४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको मलंगवा नगरपालिकाका नगर प्रमुख निरश्ल साहका स्वकीय सचिव गजेन्द्र साहले जानकारी दिए । बाँकी रहेको ९८ जना मध्ये कोरोना पोजेटिभ १६ जनाको मात्र रिपोर्ट आएको साहले बताए ।

यस अघि पनि मलंगवा नगरपालिकामा ९ जना कोरोना संक्रमित थिए र ति सबै उपचार पश्चात निको भएर घर फर्किसकेको मलंगवा नगरपालिकाले जनाएको छ । मलंगवामा मात्र कोरोना संक्रमित हुनेको संख्या २५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button