तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु, दुई जना घाइते

अत्तरिया कैलाली । कैलालीको कैलाली गाउँपालिका–७ हुलाकी राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ग ७ प ७८३ नम्बरको मोटरसाइकलले साइकलमा सवार ५० वर्षीय लाहुराम चौधरीलाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कैलाली–७ का २० वर्षीय अमित चौधरी र मोटरसाइकल पछाडि सवार २१ वर्षीय विष्णु चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button