तपाईँ सुन्दै हुनुहुन्छः

सुनवोरा नदीमा तटबन्ध निर्माण   

कञ्चनपुर  ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा रु एक करोडको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ ।

नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको हो ।

तटबन्ध निर्माण समितिका अध्यक्ष जीवन धामीले वडा नं २ मा १५० मिटर, वडा नं ३ मा ५० मिटर र वडा नं ४ मा २१० मिटर तटबन्ध निर्माण भइरहेको बताउनुभयो । निर्माण भइरहेका तटबन्धमा लन्चिङ र स्परसमेत निर्माण हुनेछ ।

तीनवटै वडाका तटबन्धमा दुई हजार ९०० घनमिटर ढुङ्गा र १६७ टन तारजालीको प्रयोग गरिनेछ ।

सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा निर्माण हुन लागेको तटबन्ध असार मसान्तभित्रै निमार्ण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । तटबन्ध निर्माणपछि तीनवटै वडाका झण्डै २०० घरघुरी लाभान्वित हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button