तपाईँ सुन्दै हुनुहुन्छः

मन्दिरमा आउँदैनन् दर्शनार्थी

सल्यान । वन्दावन्दीले सल्यानका मन्दिरहरू सुनसान बनेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै लकडाउनको घोषणा गरेपछि भक्तजनहरू पूजा आराधना गर्न कोही नआउँदा सुनसान बनेका हुन ।

बन्दाबन्दी घोषणा भएसँगै दर्शनार्थी पूजा आराधना गर्न कोही नआएको खैरावाङ्ग भुवनेश्वरी मन्दिर शारदा नगरपालिका १० का पुजारी छविरमण शर्माले बताउनुभयो ।

कोरोना भाइरसको चर्चा सुरु भएसँगै कोही पनि पूजा आराधना गर्न नआएको उहाँले बताउनुभयो । उहाँले भने ‘दैनिक ३० देखि ५० जनासम्म पूजा आराधनाका लागि दर्शनार्थी आउने मन्दिर सुनसान जस्तै भएको छ ।’

मन्दिरमा दर्शनार्थी नआएपछि पुजारी घरबाटै मन्दिर आउने जाने गरेका छन् । पुजारी शर्माका अनुसार दैनिक गरिने पूजा आराधना भए पनि दर्शनार्थीका लागि भने मन्दिर पूजा आराधना कोही आएका छैनन् । वाहै्र महिना पूजा आरधानका लागि खुल्ला रहने मन्दिरमा चैते दसैँ र विजयादशमीमा धेरै दर्शनाथीहरु आउने गर्दछन् ।

नेपालकै एक मात्र बलि नचढाइने छाया क्षेत्र शक्ति पीठ पनि सुनसान बनेको छ ।

पुजारी चूडामणि शर्माले मन्दिरमा दर्शनार्थी आउन छोडेको बताउनुभयो । भक्तजनहरू आउन बन्द भए पनि पुजारीहरूलाई अहिले मन्दिरले व्यवस्थापन समितिले खानपानको व्यवस्था गरेको छ ।

सरकारले देशका एक सय पर्यटकीय स्थल मध्येको कुपिण्डे ताल पनि सुनसान बनेको छ ।

दैनिक दुई सय देखि तीन सयसम्म अवलोकनका लागि आउने गरेको भए पनि अहिले सुनसान बनेको स्थानीय शेर जङ्ग कंवरले बताउनुभयो । उहाँले भन्नुभयो, पर्यटक आउने समयमा नै लकडाउन भएपछि दर्जन बढीको रोजगारी पनि गुमेको छ । डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका दर्जन बढीको रोजगारी गुमेको उहाँको भनाई छ ।

यहाँ दाङ, बाँके, बर्दिया, रुकुम, सुर्खेत ,जाजरकोट,रोल्पा लगायतका देश र भारतबाट समेत आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button