तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको धोविनी क्वारेन्टाइनबाट फरार ४४ मध्ये ४३ पक्राउ

बीरगंज । पर्साको धोबिनी गांउपालिकाको क्वारेनटाइनबाट गए राती फरार भएका ४४ जना मध्ये ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धोबिनी गांउपालिकाको वडा नम्बर ४ लगंडीमा रहेको कालीप्रसाद लाखे माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका ४४ जना गए राती फरार भएका थिए ।

क्वारेन्टाईनमा बसेकाहरू एकै पटक फरार भएपछि तिनीहरूलाई पक्राउ गर्न प्रहरीलाई हम्मे परेको थियो ।

क्वारेनटाइनबाट फरार भएकाहरूलाई इलाका प्रहरी कार्यालय पोखियाबाट खटेको प्रहरी टोलीले उनीहरूको घरबाटै नियन्त्रणमा लिएको र फरार मध्ये एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताउनुभयो ।

नियन्त्रणमा लिएका ४३ जनालाई पुनः विद्यालयको क्वारेनटाइनमा राखिएको छ ।

क्वारेनटाइनमा बसेको २० दिनभन्दा पनि बढी भएको र पाँच दिन अगाडी पिसिआर परीक्षणका लागि गरिएको स्वाब सङ्कलनको रिपोर्ट नआएको भन्दै क्वारेनटाइनमा बसेकाहरू भागेका थिए ।

भारतको दिल्ली, हरियाना, पन्जाब, केरलालगायतको ठाउँबाट आएका उनीहरूलाई २० दिन अगाडिदेखि नै क्वारेनटाइनमा राखिएको थियो ।

खेतीपातीको सिजन आएको र दुई हप्ताभन्दा बढी क्वारेनटाइनमा बस्दा पनि परीक्षणको रिपोर्ट नआएपछि आफूहरू बालबच्चा, घरपरिवारलाई पालन पोषण गर्न खेतीपाती गर्नका लागि भाग्न बाध्य भएको धोबिनी गांउपालिकाको क्वारेनटाइनमा बसेकाहरूले बताएका छन् ।

क्वारेनटाइनमा बसेकाहरू राती भागेर घर घरमा पुगेपछि स्थानीय बासिन्दाहरू भने त्रसित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button